काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवका चालक मुस्तकिम आलमलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई अपहरण, शरीर बन्धक तथा अमानवीय व्यवहारको कसुरमा सोमबार पक्राउ गरिएको हो ।
सप्तरीको महादेवा गाउँपालिका वडा नम्बर १ घर भई हाल राजविराज नगरपालिका वडा नम्बर ३ बस्ने २७ वर्षीय मिँयालाई मन्त्री यादवले हलुका सवारी चालक पदमा २०८२ चैत २७ गते नियुक्त गरेका थिए ।
मिँयाबाट पीडित भएको भन्दै प्रहरीमा दिइएको जाहेरीमा उनलाई एकान्त ठाउँमा लगेर बन्धक बनाई, डरत्रास देखाई, कुटपिट गरेको र कपडा खोली नांगो बनाएर भिडियो खिचेको समेत आरोप लगाइएको छ ।
आलमलाई सप्तरी जिल्ला अदालतबाट हिरासतमा राखेर अनुसन्धान गर्न ७ दिनको म्याद थप भइसकेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया