काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको केन्द्रीय कार्यसमितिमा पछिल्लो समय गरेको मनोनयनप्रति निवर्तमान कार्यबाहक सभापति पूर्णबहादुर खड्काले असहमति जनाएका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै खड्काले मनोनयनको विषयमा आफूसँग कुनै छलफल वा परामर्श नगरिएको स्पष्ट पारे । देशको राष्ट्रियता जोखिमपूर्ण अवस्थामा रहेको र लोकतन्त्रका आधार स्तम्भमाथि निरन्तर आक्रमण भइरहेका बेला पार्टी विभाजित हुनु घातक हुने पनि खड्काले उल्लेख गरेका छन्।
केही समयअघि सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मासँगको भेटमा आफूले पार्टीलाई पूर्ण रूपमा एक बनाउने अभियानमा लाग्न अनुरोध गरेको खड्काले स्मरण गराएका छन्। पार्टीको बृहत् एकता नभई राष्ट्रिय राजनीतिमा प्रभावकारी भूमिका खेल्न सम्भव नरहेको खड्काको जिकिर छ।




प्रतिक्रिया