काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर बादलले नेपाली सेनाको भूमिकालाई लिएर गम्भीर प्रश्न उठाएका छन् ।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले लिपुलेकमा अतिक्रमण हुँदा बेखबर सेना सुकुमवासी बस्तीमा डोजर लगाउँदा देखिएकोे भन्दै आपत्ति जनाएका हुन् । ‘लिपुलेकमा अतिक्रमण हुँदा बेखबर त्यही सेनाले सुकुमवासी बस्तीहरूमा किन परेड खेल्दैछ, ’ उनले भने ।
त्यस्तै उनले देश खरानी हुँदा र आफ्नै परमाधिपतिको मुख्यालयमा धावा बोल्दा नेपाली सेना राष्ट्रको प्रमुख रक्षक रहस्यमयी ढंगबाट किन मुक दर्शक बन्यो ? भन्दै प्रश्न गरे ।




प्रतिक्रिया