मानवीय संरचनामाथि डोजर चलाएर विकास हुँदैन :ज्ञानेन्द्र शाही


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले मानवीय संरचनामाथि डोजर चलाएर विकास नहुने बताएका छन् ।

मङ्गलवार प्रतिनिधि सभा बैठकमा बोल्दै नेता शाहीले सत्ता स्थायी नहुने भन्दै हेक्का राख्न रास्वपालाई चुनौती समेत दिए ।

‘सरकारी सम्पत्ति जोगाउनु पर्छ भन्ने मान्यता राख्छु । अवैध संरचना भत्काउनुस् । यो भत्काउनु पर्छ भन्ने पक्षमा म छु । तर मानवीय संरचनामाथि डोजर चलाएर विकास हुँदैन । सरकारले सुकुम्वासी बस्ती होइन, हुकुमबासीको मानसिकतामाथि प्रहार गर्नुस् । आज सत्ता र शक्तिको आडमा पूर्व माननीयज्यूले अघि भन्नु भएको थियो–आज मन्त्रीपरिषद्का सदस्य समेत हुकुमवादी भएका प्रमाणहरू छन् । आज त्यहाँमाथि किन डोजर चलाईएन ? सुकुम्वासी बस्ती हटाउने क्रममा आज दुई जना मान्छेले आत्महत्या गर्नु पयो । अव प्रश्न उठ्छ रु नागरिकको जीवनको सुरक्षा सरकारको कर्तव्य हो कि होइन ?’ उनले भने ।