आईपीएल: हैदरावादलाई हराउँदै गुजरात ८२ रनले विजयी


काठमाडौं, वैशाख ३० । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा हैदरावादलाई हराउँदै गुजरात ८२ रनले विजयी भएको छ । मंगलबार बेलुका भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको गुजरातले ५ विकेट गुमाएर १६८ रन बनाएको थियो ।

गुजरातले दिएको लक्ष्य पछ्याएको हैदरावाद १४ ओभर ५ बलमा ८६ रनमा अलआउट भयो । जीतसँगै गुजरात अङ्क तालिकामा १२ खेलमा १६ अङ्कका साथ शीर्षस्थानमा पुगेका छ भने हैदरावाद समान खेलमा १४ अङ्कका साथ तेस्रो स्थानमा छ । आईपीएलमा आज रोयल च्यालेन्जर्स बेङ्गलुरु र कोलकाता नाइट राइडर्सबीच खेल हुँदैछ ।