डीडीसीका कर्मचारीले खान्थे सित्तैमा वर्षको २ करोड ८५ लाखको दूध र घिउ, अबदेखि नपाउने


काठमाडौं, वैशाख ३० । दुग्ध विकास संस्थान (डीडीसी)का कर्मचारीहरूले सित्तैमा उपभोग गर्दै आएको दूध र घ्यूको सुविधा अब खोसिने भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्री गीता चौधरीले उक्त सुविधा तत्काल रोक्न निर्देशन दिएकी हुन् ।

डीडीसीका कर्मचारीहरूले दैनिक दूध र मासिक रूपमा घ्यू सित्तैमा घर लैजाँदै आएका थिए । मन्त्री चौधरीले निर्देशन दिएसँगै अब संस्थानको वार्षिक २ करोड ८५ लाख जोगिनेछ भएको छ ।

कर्मचारीको सुविधा कटौती गरेर जोगिएको यो २ करोड ८५ लाख रुपैयाँ अब किसानहरूको बाँकी बक्यौता भुक्तानी र दुग्ध उत्पादन वृद्धिका कार्यक्रममा खर्च गरिने मन्त्रालयले जनाएको छ ।