सुनको मूल्य घट्दा चाँदीको कतिले बढ्यो?


काठमाडौं, वैशाख ३० । मंगलबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ । सुन तोलामा ७ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख २ हजार २०० रुपैयाँ र त्यति नै परिमाणको चाँदीको मूल्य ५ हजार ७ सय १० रुपैयाँ कायम भएको छ । मंगलबार एक तोला छापावाल सुन ३ लाख २ हजार ९ सय रुपैयाँ र त्यति नै परिमाणको चाँदी ५ हजार ६ सय ९५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।