सभामुख अर्यालले गरे प्रतिनिधिसभा सचिवमा अधिकारीको नाम सिफारिस


काठमाडौं । सभामुख डीपी अर्यालले प्रतिनिधिसभा सचिवमा प्रकाश अधिकारीको नाम सिफारिस गरेको छ ।

सभामुख अर्यालले हर्कराज राईलाई मंगलबार पदमुक्त गराएका थिए ।

संविधानको धारा १०६ को उपधारा १ बमोजिम सभामुखले सचिव पदमा नियुक्त गर्नका लागि सिफारिस गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ ।

जहाँ भनिएको छ, ‘राष्ट्रपतिले प्रतिनिधि सभाको सभामुख र राष्ट्रिय सभाको अध्यक्ष दुवैको संयुक्त सिफारिसमा संघीय संसद्को महासचिव, सभामुखको सिफारिसमा प्रतिनिधि सभाको सचिव र राष्ट्रिय सभाको अध्यक्षको सिफारिसमा राष्ट्रिय सभाको सचिव नियुक्त गर्नेछ ।’