काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव साहको संयोजकत्वमा एकता समायोजन समिति गठन गरेको छ ।
बुधवार बिहान बसेको केन्द्रीय समितिको बैठकले शाहको नेतृत्वमा समायोजन समिति गठन गरेको हो । समितिको सदस्यहरूमा विष्णु पुरुष श्रेष्ठ, रामकृष्ण भट्टराई लगायत रहेको सहमहामन्त्री विपिन कुमार आचार्यले जानकारी दिए ।
आचार्यका अनुसार बैठकले समायोजन सम्बन्धी मस्यौदा पेस गर्न जेठ १० गतेको समय सीमा तोकेको छ ।
रास्वपाले फागुनमा भएको निर्वाचनअघि विवेकशील साझा, थरुहट-थारुवान, बालेन शाह समूह र विभिन्न जेनजी समूहसँग एकता गरेको थियो ।




प्रतिक्रिया