काठमाडौं । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले हालै सभापति गनगकुमार थापाले केन्द्रीय समिति सदस्यमा १९ जना मनोनित गरेको विषयमा आपत्ति जनाएका छन् ।
आज भएको देउवा समुहको भेलालाई सम्बोधन गर्दै महतले पार्टी एकताका लागि हुनुपर्ने काम वर्तमान नेतृत्वबाट नभइरहेको टिप्पणी गरे ।
‘उनले माने मान नमाने नमान भन्ने तरिकाले पार्टी एकता हुन नसक्ने दाबी गरे । त्यस्तै उनले अहिले विधान संशोधनका लागि भइरहेको कामकारबाही पनि गलत भएको बताए । ‘पार्टीको विधानलाई पूर्णबैठक या महाधिवेशनले टुंगो लगाउनुपर्यो । अहिले हचुवाको भरमा पार्टीको विधानलाई चलाउने काम भइरहेको छ,’ उनले भने,’विशेष महाधिवेशनबाट आएको नेतृत्व सम्पूर्ण अधिवेशनबाट आएको हैन नि । विशेषमा सबैको उपस्थिति छैन नि,’उनले भने ।
उनले १५औं महाधिवेशन निष्पक्ष, पारदर्शी बनाउन सम्मानजनक, स्वामित्व र सहभागिता हुनुपर्ने समेत बताए ।




प्रतिक्रिया