काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन शाहलाई उपस्थित गराउन माग गरेको छ । स्थगित पछि पुन:बसेको प्रतिनिधिसभाको बैठकमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्रीलाई संसदमा उपस्थित भएर जवाफ दिनको लागि रुलिङ गर्न सभामुख डीपी अर्याललाई आग्रह गरेका हुन् ।
सभामुख अर्यालले भने रुलिङभन्दा पनि संवाद गरेर अघि बढ्नुपर्ने बताए । सभामुखले रुलिङ नगर्ने देखिएपछि कांग्रेसका सांसदहरूले उठेर सदनमा अवरोध जारी राखेका छन् ।




प्रतिक्रिया