काठमाडौं । बागमती प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयमा सहकारी पीडितहरूले घेराउ गरेका छन् ।
सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघको नेतृत्वमा सहकारी पीडितहरूले बुधबार कार्यलय घेराउ गरेका हुन् ।
देउराली सहकारीसहित अन्य सहकारी पीडतहरूले सहकारीलाई समस्याग्रस्त घोषणा गरी आफूहरूको बचत फिर्ता दिलाउन माग गर्दै कार्यलयमा दबाब दिएका छन् ।
सहकारी पीडितहरूले बाग्मति प्रदेशमा रहेका १६ वटा सहकारीलाई समस्याग्रस्त घोषणा गर्न माग गरेका छन् ।



प्रतिक्रिया