फेरि १५ मिनेटको लागि स्थगित भयो संसद बैठक


काठमाडौं । प्रतिनिधिसभाको बैठक फेरि १५ मिनेटको लागि स्थगित भएकाे छ ।

दोस्रोपटक सूरु भएको प्रतिनिधिसभाको बैठकमा पनि कांग्रेसका सांसदहरुले उठेर विरोध जारी राखेपछि सभामुख डोल प्रसाद अर्यालले पुन:बैठक स्थगित गरेका हुन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सदनमा प्रधानमन्त्रीको उपस्थिति र जवाफ माग गर्दै जवाफका लागि रुलिङ गर्न माग गर्दै अवरोध गरेको हो ।

स्थगित पछि बसेकाे दोस्रो बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका छन् ।