सिन्धुली । इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमा शंकास्पद अवस्थामा मृत फेला परेका श्रीकृष्ण विकसँग सम्बन्धित घटनामा एक प्रहरी निरीक्षक र जवानलाई विभागीय कारबाहीको सिफारिस गरिएको छ ।
डीआईजी दिनेशकुमार आचार्य संयोजकत्वको छानबिन समितिले इलाका प्रहरी कार्यालय खुर्कोटका प्रमुख, इन्स्पेक्टर वसन्त भुजेल र घटनाका बेला हिरासतको डिउटीमा खटिएका प्रहरी जवान अर्जुन सिंहलाई विभागीय कारबाही सिफारिस गरेको हो ।
घटनाका हुँदाको बखतका डिउटी अफिसर र प्रहरी कर्मचारीलाई सचेत गराइएको छ ।
गत वैशाख ७ गते साँझ हिरासतमै रहेको अवस्थामा झुण्डिएको अवस्थामा भेटिएका विकको घटना शंकास्पद देखिएपछि प्रहरीले डीआईजी आचार्यको नेतृत्वमा समिति बनाएर थप अनुसन्धान अघि बढाएको थियो ।
यसैबीच, श्रीकृष्णको मृत्यु झुण्डिएकै कारण भएको निष्कर्ष प्रतिवेदनमा उल्लेख छ । त्रिवि शिक्षण अस्पतालका चार सदस्यीय विशेषज्ञहरूको प्रतिवेदन अनुसार उक्त निष्कर्ष समेटिएको हो ।
पोस्टमार्टम रिपोर्टमा घाँटीमा डोरीको बाहेक शरीरमा अन्य कुनै चोटपटक नदेखिएकाले श्रीकृष्णको मृत्यु कुटपिटबाट नभएको, शरीरमा कुनै पनि विषादीजन्य पदार्थ प्रयोग गरेको अवस्था नदेखिएको समितिको प्रतिवेदनमा उल्लेख छ ।




प्रतिक्रिया