सरकारविरुद्ध संयुक्त विद्यार्थी संगठनले निकाल्यो विरोध र्‍याली


काठमाडौँ । सरकारले विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगााउने तयारी गरिहेको बेला संयुक्त विद्यार्थी संगठनले विरोध र्‍याली निकालेका छन् ।

शुक्रबार राजधानीको त्रिचन्द्र क्याम्पसदेखि आरआर क्याम्पससम्म उनीहरुले विरोध र्‍याली निकालेका हुन् ।

उनीहरुले ‘सम्पूर्ण विद्यार्थीहरू एकजुट हौँ’,‘विश्वविद्यालयको स्वायत्तता सुनिश्चित गर’, ‘विश्वविद्यालयमा प्रहरी होइन, शिक्षक पठाऊ’ लगायतका ब्यानर बोकेर प्रदर्शन गरेका थिए ।

उनीहरुले ६२औँ विद्यार्थी दिवसको अवसरमा सो कार्यक्रमको आयोेजना गरिएको हो ।