ओलीको सन्देश लिएर सुदूरपश्चिमका मुख्यमन्त्री शाहले भेटे पार्टी सभापति


काठमाडौं । एमाले अध्यक्ष ओलीसँग भएका संवाद र सन्देश लिएर सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पार्टी सभापति गगन थापालाई भेटेका छन् । कांग्रेस पार्टी कार्यालय सानेपामा मुख्यमन्त्री शाह र सभापतिबीच संवाद भएको हो ।

बिहिबार मुख्यमन्त्री शाहले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गुण्डुमा भेट्न पुगेका थिए ।

प्रतिपक्षी दलहरू कांग्रेस र नेकपासँग सहकार्य गरेर अघि बढ्ने विषयमा मुख्यमन्त्री शाह र एमाले अध्यक्ष ओलीबीच कुरा भएको थियो ।