सत्ता गठबन्धन भित्रै खटपट: मधेशका मुख्यमन्त्रीले विश्वासको मत लिनबाट पछि हटे


जनकपुरधाम । मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत नलिने भएका छन् । नेपाली कांग्रेसका प्रमुख सचेतक कुमरकान्त झाले अगामी जेठ ८ गते मुख्यमन्त्रीले विश्वासको मत लिने बताए ।

सत्ता गठबन्धन भित्रको असन्तुष्टि र खटपटको कारण आज तय भएको विश्वासको मत लिने कार्यक्रम पछिलाई सरेको हो ।

उनलाई विश्वासको मत लिनका लागि आज बिहान ११ बजे सदन आह्वान गरिएको थियो । गत वैशाख २१ गते जनमतले मधेश सरकारबाट समर्थन फिर्ता लिएका थिए ।