एक वर्षमै थपियो ८८ अर्ब ९ करोड बेरुजु,पुग्यो ७ खर्ब ५५ अर्ब


काठमाडौँ । सरकारी तथा सार्वजनिक खर्चमा वित्तीय अनुशासन नहुँदा मुलुकको बेरुजु अवस्था बढ्दै गएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार पत्रकार सम्मेलन मार्फत दिएको जानकारी अनुसार आर्थिक वर्ष २०८१/८२ को बेरुजु ८८ अर्ब ९ करोड ११ लाख रहेको पाइएको छ ।

लेखापरीक्षण गर्दा देखिएका ९५ अर्ब २७ करोड ८ लाख मध्येमा प्रारम्भिक लेखापरीक्षण पश्चात् सम्बन्धित निकायले पेस गरेको प्रमाणका आधारमा ७ अर्ब १७ करोड ९७ लाख सम्परीक्षण भएकोमा उक्त बेरुजु रहेको जनाएको छ ।

गत वर्ष करिब ७ खर्ब ३३ अर्ब बेरुजु रहेकामा ६३ अर्ब १२ करोड ९५ लाख रुपैयाँ फर्स्यौट भएको र अब कूल ७ खर्ब ५५ अर्ब १७ करोड २२ लाख रुपैयाँ बेरुजु बाँकी भएको महालेखा परीक्षक तोयम रायाले जानकारी दिए ।