सर्लाही । हरिपुर नगरपालिका –५ मजुर्बास्थित कृष्ण इँटा भट्टामा पुरिएर शुक्रबार साँझ तीन जना मजदुरको मृत्यु भएको छ ।
भट्टाबाट इँटा निकाल्ने क्रममा माटो र इँटाको थुप्रो अचानक खसेर सर्लाहीको गोडैता नगरपालिका –७ रामवनका ५० वर्षीय फिताइ मन्सुर, गोडैता नगरपालिका –९ का ३५ वर्र्षीय शम्भु राउत र भारत लखेमपुर बस्ने ३५ वर्षीय अंगद कुमारको मृत्यु भएको सर्लाही प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सरोज राइले जानकारी दिए ।
प्रहरीका अनुसार मलङ्गवा नगरपालिका –७ का ३२ वर्षीय तुलसी महतो र ५२ वर्षीय सत्यनारायण महतो घाइते भएका छन् । तुलसीको प्रादेशिक अस्पताल मलङ्गवा र सत्यनारायणको मजुर्बास्थित स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घटनाका बारेमा ईलाका प्रहरी कार्यालय हरिपुरबाट खटिएको प्रहरी टोलीले अनुसन्धान गरिरहेको छ ।




प्रतिक्रिया