महिला भलिबल टिमको कप्तानमा निरुता ठगुन्ना


काठमाडौं । राष्ट्रिय महिला भलिबल टिमको कप्तानमा निरुता ठगुन्ना चयन भएकी छन् । नेपाल भलिबल सङ्घले शुक्रबार साँझ निरुतालाई नयाँ कप्तानको रुपमा नियुक्त गरिएको जानकारी दिएको हो।

निरुता महिला भलिबल टिममा नियुक्त भएकी छैटौँ कप्तान हुन् । सन् २०४५ यता नेपाली महिला भलिबल टिममा पाँच जना कप्तान भइसकेका छन्।

निवर्तमान कप्तान अरुणा शाही अस्ट्रेलिया पलायन भएपछि रिक्त रहेको कप्तानको पदमा निरुता नियुक्त भएकी हुन्। निरुताले सन् २०१९ मा राष्ट्रिय टिमबाट डेब्यु गरेकी थिइन्। त्यसयता राष्ट्रिय टिमकी महत्वपूर्ण स्पाइकरको रुपमा रहँदै आएकी निरुताले राष्ट्रिय टिमको कप्तानको जिम्मेवारी सम्हाल्न लागेकी हुन्।