काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सङ्घीय संसदमा छलफलको लागि समय नपुगेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
उनले शनिबार एक कार्यक्रममा बोल्दै मुलुकको आगामी एक वर्षको मार्गचित्र तय गर्ने महत्त्वपूर्ण दस्ताबेजमाथि पर्याप्त छलफल हुनुपर्नेमा सरकारले यसलाई छोटो समयमा सीमित गरेको बताए । नेता आङदेम्बेले विगतमा कम्तीमा तीन दिनसम्म चल्ने यस्तो बहसलाई यसपटक ६ घण्टामा मात्र खुम्च्याइनु दुःखद भएको बताए ।
नीति तथा कार्यक्रम कुनै ठट्टाको विषय नभई मुलुकको भविष्यसँग जोडिएको विषय भएकोले यसमा माननीय सांसदहरूले विस्तृत रूपमा धारणा राख्न पाउनुपर्ने उनको भनाइ छ ।
सरकारले नीति तथा कार्यक्रममा ‘डिजिटलाइजेसन’ र प्रविधिको कुरा जोडतोडका साथ उठाए पनि गाउँका गरिब किसान र मजदुरको पहुँचमा प्रविधि पुर्याउने विषयमा भने ध्यान नदिएको आङदेम्बेको भनाइ ख ।




प्रतिक्रिया