मापदण्ड पूरा नगरेको तीन होटललाई कारबाही


पर्सा । विरगञ्जमा रहेका तीन वटा होटललाई कारबाहीमा गरेको छ ।

जिल्ला अनुगमन समितिको वीरगञ्ज महानगरपालिकाका विभिन्न क्षेत्रमा सञ्चालित होटल तथा क्यान्टिनको अनुगमन गर्दा मापदण्ड पूरा नगरेको पाइएपछि तीन वटा होटललाई कारबाही गरिएको हो ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जका निमित्त प्रमुख आशुतोष कुशवाहाले वीरगञ्ज महानगरपालिका–११ मा सञ्चालित तराई क्यान्टिन, वीरगञ्ज– १३ मा सञ्चालित ज्योति मगर होटल, चौधरी होटल कारबाहीमा परेको जानकारी दिए।