काठमाडौं । नबिल बैंक लिमिटेडले लगानी सेवालाई थप सहज र सुरक्षितसँगै डिजिटल माध्यमबाट पहुँचयोग्य बनाउने उद्देश्यले बैंकिङ एप ‘एनबैंक’मा ‘लगानी’सम्बन्धी सेवा विस्तार गरेको छ । एउटै प्लेटफर्मबाट सम्पूर्ण वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले एनबैंकमार्फत उक्त सेवा सुरु गरिएको बैंकले प्रस्ट पारेको छ ।
एकीकृत लगानी सेवा सुरु भएसँगै नबिल बैंकका ग्राहकहरू अब ‘सिस्टेम्याटिक इन्भेस्टमेन्ट प्लान’ (एसआइपी)मा दर्ता हुन र उनीहरुले मोबाइलबाटै किस्ता रकम पनि भुक्तानी गर्न सक्नेछन्
एनबैंकका प्रयोगकर्ताहरूले एनबैंकको होमपेजमा गई ‘इन्भेस्टमेन्ट, एसआइपी, टीएमएस’ आइकनमा क्लिक गरी एसआइपीमा दर्ता हुन र भुक्तानी गर्न सक्नेछन् । यो सेवा प्रयोग गर्दा कुनै शुल्क नलाग्ने पनि बैंकले स्पष्ट पारेको छ ।
विदेशमा रहेका नेपालीले पनि नेपालको वित्तीय बजारमा यो सुविधा प्रयोग गरी सजिलैसँग जोडिन सक्ने नबिल बैंकका अधिकारीहरुले दाबी गरेका छन् ।




प्रतिक्रिया