काठमाडौं । अग्नि लजिस्टिक्सले चालू आर्थिक वर्षको ६ महिनामा १३ करोड ४० लाख रुपैयाँ बराबरको आम्दानी गरेको छ ।
गएको आर्थिक वर्षमा १६ करोड ७० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले सन् २०२४ मा १५ करोड २० लाख रुपैयाँ, सन् २०२३ मा १५ करोड ६० लाख रुपैयाँ र सन् २०२२ मा १७ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको थियो ।
चालू आवको ६ महिनामा ६० प्रतिशतले व्यापार बढेको पनि कम्पनीले जनाएको छ ।
सन् २०१८ मा स्थापना भएको कम्पनीले लजिस्टिक र वेयर हाउजिङको सेवा दिइरहेको छ । कम्पनीले दैनिक ५ हजार ८ सय ७५ क्यूबिक मिटरको क्षमतामा वेयरहास सञ्चालन गर्दै आएको छ । कम्पनीले काठमाडौं, भैरहवा, इटहरी र हेटौंडाबाट वेयर हाउसको सेवा दिँदै आएको छ ।
वेयर हाउजिङ र लजिस्टिकबाहेक व्यावसायिक क्षेत्रहरु विस्तार गर्दै खरिद परामर्शदाताको रुपमा पनि काम गरिरहेको उक्त कम्पनीले जनाएको छ । कम्पनीले आफ्ना ग्राहकहरुलाई विभिन्न सामग्रीहरु आयात प्रक्रिया सहज बनाउन परामर्शदाताहरुको सेवा समेत दिँदै आएको हो ।




प्रतिक्रिया