काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेट्दै सबैलाई मिलाएर लैजाने प्रतिबद्धता जनाएका छन् ।
काठमाडौँमा आयोजित पार्टीको एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले आन्तरिक एकताका लागि असन्तुष्ट समूहले माग गरेकै पद दिन समेत आफू तयार रहेको प्रस्ट पारेका हुन् ।
पार्टीभित्रको असन्तुष्टि र मतभेदलाई किनारा लगाउँदै बलियो र एकढिक्का कांग्रेस निर्माणका लागि आफू हदैसम्म लचिलो हुन तयार रहेको उनको भनाइ थियो । सभापति थापाले पार्टीलाई थप सशक्त बनाउन आन्तरिक एकता अपरिहार्य रहेको औंल्याउँदै असन्तुष्ट पक्षलाई संवाद र एकतामा आउनसमेत आग्रह गरेका छन् ।




प्रतिक्रिया