मोरङ, ३ जेठ । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष राष्ट्रिय दलित आयोगको पाँचौँ वार्षिक प्रतिवेदन पेस गरिएको छ ।
प्रदेश प्रमुख खापुङलाई आयोगका अध्यक्ष देवराज विश्वकर्माले नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम पाँचौँ वार्षिक (आव २०८१÷८२) प्रतिवेदन पेस गरेका हुन् ।
प्रमुख खापुङले दलित समुदायमा माथि हुने विभेद अन्त्यका लागि कानुनको कडाइका साथ कार्यान्वयन हुनु आवश्यक रहेको धारणा राखे । आयोगका सदस्य सुन्दर पुर्कोटीले दलितमाथि हुने विभेद र छुवाछुत अन्यका लागि तीन तहको सरकारले वर्ममान कानुन कडाइका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । रासस




प्रतिक्रिया