काठमाडौं, जेठ ३ । प्रस्तावित प्रधानन्यायाधीश डा.मनोज शर्माविरुद्ध संसदीय सुनुवाइ समितिमा सात वटा उजुरी परेका छन् । वैशाख २६ गते संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश डा.शर्माविरुद्ध उजुरी आह्वान गरेपछि शनिबारसम्म सात उजुरी परेका हुन् ।
समितिले शर्मालाई सो पदमा नियुक्ति गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा उजुरी दिन सार्वजनिक आह्वान गर्दै त्यसका लागि स्पष्ट आधार र सबुत प्रमाणसहित उजुरी दिन १० दिनको समय दिएको थियो । उजुरी दिनेले आफ्नो नाम, थर, वतन र फोन नम्बर स्पष्ट खुलाउनुपर्ने बताइएको थियो ।
उजुरी दिने समय भोली अपराह्न ५ बजेसम्म तोकिएको छ । संवैधानिक परिषद्को सिफारिसमा संसदीय सुनुवाइ समितिले प्रस्तावित व्यक्तिको योग्यता, आचरण र क्षमताको परीक्षण गरेपछि मात्रै नियुक्तिको प्रक्रिया अघि बढ्ने संवैधानिक व्यवस्था छ ।अव समितिले ती उजुरीमाथि छलफल र छानबिन गर्ने र त्यसपछि प्रस्तावित प्रधानन्यायाधीशसँग प्रत्यक्ष सुनुवाइ सुरु हुनेछ ।




प्रतिक्रिया