काठमाडौं, जेठ ४ । जगन्नाथदेवलस्थित केन्द्रीय कारागारबाट भागेकी सपना तामाङ आइतबार राति पक्राउ परेकी छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काका अनुसार शुक्रबार राती कारागारको महिला बन्दीगृहबाट भागेकी उनलाई प्रहरीले असनस्थित प्रेमीको डेरामा लुकेको अवस्थामा फेला पारेको हो ।
नुवाकोट, विदुर नगरपालिका–१३ की २५ वर्षीया उनी अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यान मुद्दामा आजन्म कैद भुक्तान गरिरहेकी थिइन्। भोजपुर घर भई असनमा डेरा गरी बस्ने समीर श्रेष्ठसँग उनको जेलमा भएकै अवस्थामा चिनजान भएको थियो।
समिरकै उक्साहटमा सपना जेलबाट भागेपछि रमाइलो गर्न उनीहरू डेरामा पुगेको प्रहरी अनुसन्धानमा खुलेको छ । उनलाई प्रहरीले कारागारमा फिर्ता ल्याएर अनुसन्धान अघि बढाएको छ ।




प्रतिक्रिया