२ दिनमा प्रतितोला ८५ सय घटेको सुनको मूल्य आज बढ्यो, चाँदीको घट्यो


काठमाडौं, जेठ ४ । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार प्रतितोला २ लाख ९४ हजार रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला २ लाख ९४ हजार ८ सय रुपैयाँ कायम भएको हो ।

यस्तै आज चाँदीको मूल्य भने ओरालो लागेको महासंघले जानकारी दिएको छ । यसअघि आईतबार प्रतितोला ५ हजार ६० रुपैयाँमा कारोबार भईरहेको चाँदी आज घट्दै प्रतितोला ५ हजार ४० रुपैयाँ कायम भएको छ ।