श्रम संस्कृति पार्टीले प्रतिनिधिसभामा वेल घेर्यो


काठमाडौँ । फागुन २१ को चुनावपछि बनेको प्रतिनिधिसभामा पहिलोपटक वेल घेरिएको छ । प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीले पर्चा देखाउँदै वेल घेरेको हो ।

आजको प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलगायतले वेलमा गएर पर्चा देखाएका थिए । आकस्मिक रूपमा संसद्भित्र विरोध भएपछि सभामुख डीपी आर्यालले मर्यादामा रहेर विरोध गर्न निर्देशन दिएका थिए ।

केही समय विरोध गरेपछि हर्क साम्पाङलगायतका सांसदहरु आफ्नो सिटमा गएर बसेका थिए ।

साम्पाङले बोकेको पर्चामा ‘प्रधानमन्त्री संसद्प्रति जवाफदेही बन्नैपर्छ’, ‘प्रश्नदेखि भाग्न पाइँदैन’, ‘जनमतलाई सम्मान गर’, ‘संसद् छलेर अध्यादेश ल्याउन बन्द गर’, ‘संसदीय जिम्मेवारी बहन गर’ लगायत नारा लेखिएको थियो ।