काठमाडौँ । नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप साहले पूर्वगृहमन्त्री सुधन गुरुङलाई छानबिनका नाममा सरकारले चोख्याउन खोजेको आशंका व्यक्त गरेका छन् । प्रतिनिधिसभा बैठकमा साहले गुरुङमाथि निष्पक्ष छानबिन हुनुपर्ने उल्लेख गरे ।
प्रतिनिधिसभाले छानबिन आयोगका गतिविधिलाई निगरानी गर्नुपर्ने साहको भनाइ छ ।
आयोगले कसैको दबाब वा प्रभावमा परेर काम गर्न नहुनेमा उनले स्पष्ट पारे । प्रतिनिधिसभा जनताको विश्वासको केन्द्र भएको स्पष्ट पार्दै साहले पूर्वगृहमन्त्री गुरुङको सम्पत्ति उच्चस्तरीय र पारदर्शी ढंगले छानबिन हुनुपर्नेमा जोड दिए ।




प्रतिक्रिया