काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीशको सिफारिसविरुद्धका रिट निवेदनहरू दर्ता गर्न कार्यवाहक प्रधानन्यायाधीश सपना प्रधान मल्लले कडा आदेश जारी गरेलगत्तै सर्वोच्च अदालत प्रशासनमा खैलाबैला मच्चिएको छ। मल्लको आदेशपछि सर्वोच्चका कर्मचारीहरू कार्यकक्ष छाडेर हिँडेका छन्।
काम प्रधानन्यायाधीश मल्लले सोमबार दिउँसो १ बजेभित्रै सबै रिट दर्ता गरी मंगलबारका लागि पेशी तोक्न मुख्य रजिस्ट्रारका नाममा आदेश जारी गरेकी थिइन्। तर अदालतका कर्मचारीहरू कार्यकक्षमा अनुपस्थित बनेका हुन्।
प्रशासनिक नेतृत्व नै पन्छिन खोजेपछि सर्वोच्च परिसरमा उपस्थित कानुन व्यवसायीहरू आक्रोशित बनेका छन्।




प्रतिक्रिया