काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओलीनिवास गुण्डुमा बसिरहेको हो । ११ औँ महाधिवेशनपछि नेताहरूको कार्यविभाजन नभएकाले सचिवालय बैठक यही एजेण्डामा केन्द्रित रहेको नेताहरूले बताएका छन् ।
यसैबीच, एमालेले हरेक केन्द्रीय सदस्यलाई स्थानीय तहको इन्चार्ज बनाएर पालिका स्तरको चुनावमा पार्टीलाई बलियो बनाउन निर्देशन गर्ने नेताहरुले बताएका छन् । यसैगरी एमालेको केन्द्रीय विभाग तथा निकायहरुमा जिम्मेवारी बाँडफाँटको तयारी पनि गरिएको छ । यसैगरी सरकारले जबरजस्ती हटाएका सुकुम्बासी, उनीहरूको व्यवस्थापन र पछिल्ला राजनीतिक गतिविधिका विषयमा पनि बैठकमा छलफल हुने जनाइएको छ ।




प्रतिक्रिया