काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माविरुद्ध उजुरीको म्याद आज सकिएको छ ।
प्रस्ताव अनुमोदनपूर्व संसदीय सुनुवाइ हुनुपर्ने व्यवस्थाअनुसार उनीविरुद्ध उजुरी सार्वजनिक रूपमा आह्वान गरिएको थियो । संसद् सचिवालयले प्राप्त उजुरीहरू संसदीय सुनुवाइ समितिका सदस्यहरूलाई भोलि वितरण गर्नेछछ र तिनै उजुरीका आधारमा डा. शर्मासँग प्रश्न राख्दै बुधबार जवाफ दिन समय दिइनेछ ।
संसदीय सुनुवाइ समिति स्रोतका अनुसार बुधबार बिहान ९ बजेदेखि ३ बजेभित्र उजुरी उपर डा. शर्माको जवाफ र सिफारिसलाई निर्णयार्थ पेश गर्ने तयारी छ । उनी बुधबार अनुमोदित भएमा बिहीबार राष्ट्रपतिसमक्ष शपथ लिएर पदमा बहाली हुन सक्छन् ।




प्रतिक्रिया