काठमाडौं, ४ जेठ । पर्सा प्रहरीले पक्राउ गरेका ‘राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ’ अभियान नेपालका संयोजक दुर्गा प्रसाईंलाई आज हिरासतमै राख्ने भएको छ । पर्सा प्रहरीका प्रवक्ता हरिबहादुर बस्नेतले संयोजक प्रसाईलाई ‘जरुरी पक्राउ पुर्जी’ दिएर सोधपुछका लागि नियन्त्रणमा लिएको जानकारी दिदै आज हिरासतमै राख्ने जनाएका छन् ।
“संयोजक प्रसाईंलाई आवश्यक सोधपुछ र अनुसन्धानका लागि जरुरी पक्राउ पुर्जी लिएर जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याएका छौँ”, उनले भने। प्रसाईं भोली गहवामाई मन्दिर परिसरमा हुन लागेको कार्यक्रमका लागि पर्सा पुगेका थिए । प्रहरीले उनलाई पर्साको वीरगञ्जस्थित दियालो होटलबाट पक्राउ गरेको हो । ‘माथिको आदेश’ भन्दै पक्राउ गरेको प्रहरीले कुन कसुरमा पक्राउ गरिएको हो भन्नेबारे खुलाएको छैन।




प्रतिक्रिया