काठमाडौं । श्रम संस्कृृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आ पनि प्रतिनिधिसभा बैठक विरोध जनाएका छन्।
बैठक शुरु हुनासाथ उठेर उनले हातमा प्लेकार्ड प्रदर्शन गरे । प्रधानमन्त्री र मन्त्रीहरुलाई सदनप्रति जवाफदेही बनाउन उनले प्लेकार्ड प्रदर्शन गरेका हुन् ।
सभामुख डीपी अर्यालले साम्पाङलाई यो विषयमा ध्यानाकर्षण भएको भन्दै सचिवालयसँग कुरा गर्ने बताएपछि प्रतिनिधिसभा बैठक अगाडि बढेको छ ।
यसअघि हिजोको बैठकमा पनि श्रम संस्कृृति पार्टीका सदस्यहरुले पर्चा देखाएर विरोध प्रदर्शन गरेका थिए ।




प्रतिक्रिया