काठमाडौँ । एमालेकी सांसद विष्णुमाया बिकले सुकुम्बासीलाई होल्डिङ सेन्टरमा कैदीजस्तो थुनिएको बताएकी छन् । प्रतिनिधिसभा बैठकमा बोल्दै बिकले काठमाडौंबाट लगेर बनेपामा राखिएका सुकुम्बासीलाई कैदीजस्तो थुनेको बताइन् ।
सुत्केरी महिला कुपोषणको सिकार भएको र विभिन्न रोगले थलिएका बिरामीहरुले भरपर्दो उपचार सेवा नपाउँदा उनीहरुमा मानसिक समस्या समेत देखिन थालेको उल्लेख गरिन् ।
गरिब हुनु अपराध नभएको पनि बिकले प्रस्ट पारिन् । त्यसैले सरकाले गरिब नभई गरिबी हटाउने नीति लिनुपर्नेमा समेत सांसद बिकले जोड दिएकी छन् ।




प्रतिक्रिया