रास्वपा सांसद कार्की जोडिएको विवाद संसद्‌माः छानबिन गरी कारबाही गर्न माग


काठमाडौं । प्रतिनिधिसभा बैठकमा नेकपाकी सांसद पार्वती विकले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कृष्णकुमार कार्कीको विवादित प्रकरणलाई उठाएकी छन्। रास्वपाका सांसद कार्कीमाथि नाइजेरियाकी एक युवतीलाई गर्भवती बनाएर अलपत्र पारेको आरोप लागेको छ।

नेकपाकी सांसद विकले भनिन्, ‘एकजना सत्तापक्षका सांसदले एक विदेशी महिलालाई गर्भवती बनाएर बेपत्ता भएको कुरा सामाजिक सञ्जालमा यत्रतत्र छ। यो कुराले असाध्यै पीडादायी अवस्था सिर्जना गरेको छ। अन्तर्राष्ट्रिय जगतमा नेपालीहरूलाई बुझ्ने तरिका के हो ? विदेशीले हाम्रो देशलाई कसरी हेर्छन् र हामीलाई कुन ढङ्गले बुझ्छन् ?’

विकले सो प्रकरणको वास्तविकता सदनलाई जानकारी गराउनसमेत माग गर्दै घटना सत्य भए सांसद कार्कीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताइन्।