प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ सकियो


काठमाडौँ । सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश मनोज शर्माको संसदीय सुनुवाइ सकिएको छ । सुनुवाइ समितिका सदस्यहरूले प्रस्तावित प्रधान्यायाधीश शर्मालाई प्रश्नहरू सोधेका थिए ।

शर्माले प्रश्नहरूमाथि जवाफ दिइसकेपछि समिति सभापति बोधनारायण श्रेष्ठले पूरक प्रश्नका लागि सदस्यहरूलाई समय दिएका थिए । पूरक प्रश्न नभएपछि सुनुवाइ सकिएको जानकारी दिइएको छ ।
यसैबीच, शर्माले प्रश्नको जवाफ दिने क्रममा सर्वोच्च अदालतमा कुनै गुटबन्दी नरहेको दाबी गरेका छन् । उनले आफूविरुद्धको रिट दर्ताको सन्दर्भमा आएको प्रश्नको पनि खण्डन गरेका छन् ।