सातै प्रदेशका विद्यार्थीले ‘एनसेल एसईई छात्रवृत्ति’ पाउने


काठमाडौँ । एनसेल फाउन्डेसनले यस वर्षपनि देशव्यापी रुपमा ‘एनसेल एसईई छात्रवृत्ति’ कार्यक्रम घोषणा गरेको छ । माध्यमिक शिक्षा परीक्षा, एसईई उत्तीर्ण गरी उच्च शिक्षा अध्ययनको तयारीमा रहेका जेहेन्दार तथा आर्थिक रूपमा विपन्न विद्यार्थीलाई लक्षित गर्दै फाउन्डेसनले छात्रवृत्तिको घोषणा गरेको हो ।

छात्रवृत्तिका लागि सातै प्रदेशमा लिखित र अन्तर्वार्ता परीक्षा लिइने जनाइएको छ । यस प्रक्रियामार्फत एसईई उत्तीर्ण १०० जना योग्य विद्यार्थीलाई विद्यार्थीको छनोट गरिने फाउन्डेसनले जनाएको छ ।

यसैबीच, देशका दुर्गम क्षेत्रका प्रतिभाशाली एवं आर्थिक अभावका कारण उच्च शिक्षा हासिल गर्नबाट वञ्चित हुनसक्ने विद्यार्थीलाई यो छात्रवृत्तिमा विशेष प्राथमिकता दिइनेछ ।

छात्रवृत्तिमा छनोट भएका विद्यार्थीलाई अध्ययनमा थप टेवा पुर्‍याउने उद्देश्यले एनसेलको तर्फबाट १२ महिनासम्म सीमित डेटा र भ्वाइस सेवासहितको निःशुल्क सञ्चार सुविधासमेत उपलब्ध गराइनेछ ।