काठमाडौँ । नेपाल धितोपत्र बोर्डको नयाँ अध्यक्ष पदका लागि ४ जना उम्मेदवारको नाम अन्तिम सूचीमा परेको छ ।
राष्ट्रिय योजना आयोगका सदस्य डा. सञ्जय आचार्यको संयोजकत्वमा गठित सिफारिस समितिले मंगलबार ४ जनाको नाम छनोट गरेको हो।
अध्यक्ष पदका लागि कुल ४७ जनाले आवेदन दिएका थिए । तीमध्येबाट समितिले डा. नवराज अधिकारी, विनयदेव आचार्य, मुकुन्द कुमार क्षेत्री र डा. गोपालप्रसाद भट्टलाई अन्तिम सूचीमा समावेश गरेको हो । छनोटमा परेका उम्मेदवारहरूको अन्तर्वार्ता आगामी जेठ ८ गते हुनेछ ।




प्रतिक्रिया