काठमाडौँ । सांसदहरूले उठाएका सवालमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिएसँगै आर्थिक वर्ष २०८३–८४ को विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकतामाथिको छलफल सकिएको छ ।
छलफलमा सोमबार ४० र मंगलबार ३१ जना सांसदले आ–आफ्ना धारणा राखेका थिए। नाम टिपाएका सांसदहरूको धारणासँगै अर्थमन्त्री वाग्लेले जवाफ दिएका थिए।
अर्थमन्त्रीको जवाफसँगै सभामुख डीपी अर्यालले सदनमा उठेका सवालको विवरण प्रतिवेदन बनाएर प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगलाई पठाउने जानकारी दिएका छन्।




प्रतिक्रिया