काठमाडौँ । विपक्षी दलका सांसदहरूले प्रतिनिधिसभाको बैठक घेराउ गर्दै होहल्ला र नाराबाजी गरेका छन् ।
उनीहरूले प्रधानमन्त्री संसद्प्रति जवाफदेही नभएको आरोप लगाएका छन् । प्रधानमन्त्री बालेन्द्र शाह सदनमा अनिवार्य उपस्थित हुनुपर्ने भन्दै विपक्षीहरुले वेल घेरेर विरोध गरे पनि सभामुख डीपी अर्यालले पेलेरै संसद चलाएपछि नेकपा एमाले, नेकपालगायत दलका सांसदले होहल्ला र नाराबाजी गरेका हुन् ।
विपक्षीको विरोधका कारण प्रतिनिधिसभाको पहिलो बैठक स्थगित गरेका सभामुख अर्यालले आजको दोस्रो बैठकमा विपक्षीलाई पेलेरै सदनको काम कारबाही अघि बढाएका छन् ।
सभामुखको कदमविरुद्ध विपक्षी दलका सांसदहरू आक्रोशित बनेर नारावाजी गरेका छन् । उनीहरुले विपक्षीका माग सम्बोधन गर, गैरलोकतान्त्रिक प्रवृत्ति मूर्दावाद, निरंकुश सरकार मूर्दावाद, संसदीय मर्यादा कायम गर जस्ता नारा लगाएका छन् ।




प्रतिक्रिया