महेन्द्रनगर, ८ जेठ । कञ्चनपुरमा सेवाग्राहीको घर ठेगानामै राहदानी पु¥याउन थालिएको छ ।
सरकारको स्वीकृत १०० कार्यसूचीअन्तर्गत को बुँदा नं २७ मा उल्लेखित सरकारी सेवा घरमै उपलब्ध गराउने नीतिअनुसार यो सेवा कार्यान्वयनमा ल्याइएको जिल्ला हुलाक कार्यालय कञ्चनपुरले जनाएको छ । घर ठेगानामै राहदानी पु¥याउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय र हुलाक कार्यालयबीच गत वैशाख महिनामा सम्झौता भएको थियो । हुलाक कार्यालय कञ्चनपुरका प्रमुख सरोज पाण्डेयले बिहीबारदेखि सेवाग्राहीको घर आँगनमै राहदानी पु¥याउन थालिएको जानकारी दिए ।
“पहिलो दिन हामीले प्रशासनबाट प्राप्त गरेका १४ वटामध्ये १३ राहदानी सेवाग्राहीको घरमै पु¥यायौँ,” प्रमुख पाण्डेयले भने, “हामी प्रशासनबाट प्राप्त गरेको दोस्रो दिन नै यहाँका सबै पालिकामा घरमै पुगेर वितरण गर्न सक्छौँ ।”
बिहीबार मात्रै पुर्नवास नगरपालिकामा सात, बेलौरीमा एक, दोधारा चादँनीमा तीन, कृष्णपुर र शुक्लाफाँटा नगरपालिकामा एक÷एक राहदानी हुलाक कर्मचारीले सेवाग्राहीको घरमै पु¥याएका छन् । जिल्ला हुलाक कार्यालयले हुलाक सेवालाई आधुनिकीकरण गरी ‘सरकारी कुरियर सेवा’ सञ्चालन गरिरहेका बेला प्रशासन कार्यालयसितको सम्झौतामा आगामी दिनमा घरदैलोमै राहदानी चाहने सेवाग्राहीका लागि सहजता मिलेको छ ।
“प्रशासनमा राहदानी फारमसँगै घरमै राहदानी चाहने सेवाग्राहीले ठेगानासहितको छुट्टै फारम पनि भर्नुपर्ने हुन्छ”, प्रमुख पाण्डेयले भने, “सबै पालिकामा हुलाका सेवा हुँदा राहदानी पु¥याउन छरितो पनि भयो ।”



प्रतिक्रिया