कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक बस्ने


काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक बोलाएको छ ।

जेठ १३ गते बुधबार दिउँसो १ बजे बस्ने गरी प्रतिष्ठानको तेस्रो बैठक आह्वान गरेको हो ।

बैठक पार्टीको केन्द्रीय कार्यालय, सानेपा ललितपुरमा बस्ने कांग्रेसले जनाएको छ ।