काठमाडौं, जेठ १० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको भारत भ्रमणमा जाने भएका छन् । भारतीय विदेश मन्त्रालयको निमन्त्रणामा उनी दुईदिने भ्रमणका लागि वैशाख १८ गते भारत जान लागेका हुन् । भ्रमण दलमा लामिछानेसँगै उनकी पत्नी निकिता पौडेल, सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपिन आचार्य र प्रतिनिधिसभा सदस्य दिपक बोहरा रहने उच्च स्रोतले जनाएको छ ।
भ्रमणका क्रममा लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भारतीय विदेशमन्त्री एस जयशंकर र विदेश सचिव विक्रम मिश्रीलगायतसँग उच्चस्तरीय भेटवार्ता गर्ने जनाइएको छ । तर, भेटवार्ताको समय भने तय भइसकेको छैन् । उनले भारत सरकारका अन्य मन्त्रीहरूसँग पनि भेट गर्नेछन् ।
परराष्ट्रमन्त्री शिशिर खनालको भारत भ्रमण स्थगित भएको केही दिनपछि लामिछाने भारत भ्रमणमा जान लागेका हुन् । भ्रमणका क्रममा उनले भाजपा मुख्यालयको समेत अवलोकन गर्ने कार्यक्रम रहेको छ ।



प्रतिक्रिया