काठमाडौं, जेठ १० । नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराई को वरीयता सचिवालय बैठकले सच्याएको छ। यसअघि प्रस्तावित वरीयतामा भट्टराई तेस्रो नम्बरका उपमहासचिव रहेका थिए। तर सचिवालय बैठकले उनको वरीयता सुधार गर्दै दोस्रो नम्बरमा राख्ने निर्णय गरेको हो। सच्याइएको नयाँ वरीयता अनुसार लेखराज भट्ट पहिलो, योगेश भट्टराई दोस्रो तथा रघुबीर महासेठ तेस्रो नम्बरमा रहनेछन्।
यसअघि प्रस्तावित सूचीमा रघुबीर महासेठ दोस्रो नम्बरमा रहेका थिए। सचिवालय बैठकपछि एमाले नेतृत्वले उपमहासचिवहरूको नयाँ वरीयता टुंगो लगाएको हो।



प्रतिक्रिया