अवरोधका बीच प्रतिनिधिसभाको दोस्रो बैठक जारी


काठमाडौँ । प्रमुख प्रतिपक्षी दललगायत विपक्षी दलहरूको विरोधका कारण १५ मिनेटका लागि स्थगित भएको प्रतिनिधिसभाको दोस्रो बैठक पुनः सुरु भएको छ । तर, बैठक सुरु भएलगत्तै विपक्षी दलका सांसदहरूले पुनः नाराबाजी र अवरोध सुरु गरेका छन् ।

यसअघि पनि प्रतिपक्षी दलहरूको निरन्तरको नाराबाजी र बेल घेराउका कारण सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए ।

विपक्षीको अवरोधका कारण संसद् कार्यसूचीमा प्रवेश गर्न सकेको छैन । सभामुखले बैठकलाई सहजरूपमा अगाडि बढाउन सांसदहरूलाई आग्रह गरिरहे पनि संसद्‍मा तनावपूर्ण अवस्था कायम छ ।