पूँजीगत खर्च उल्लेख्य बढ्न सकेन : अर्थमन्त्री


काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चालु आवको तेस्रो त्रैमासिक अवधिसम्म पूँजीगत खर्च उल्लेख्य बढ्न नसकेको बताएका छन् ।

आर्थिक सर्वेक्षण २०८२/८३ सांसदमा सार्वजनिक गर्दै उनले अर्थतन्त्रको वर्तमान अवस्थाबारे जानकारी गराएका छन् । यसबीचमा विश्व परिवेशमै आर्थिक वृद्धिदर खुम्चिने तथ्य प्रस्तुत गर्दै नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत बराबर हुने जानकारी गराए ।

यस अवधिमा राजस्व संकलनमा सुधार भएको उनले बताए । यस सर्वेक्षणले औंल्याएका विषय बजेटमार्फत सम्बोधन गरिने अर्थमन्त्रीको भनाइ छ ।