काठमाडौँ, १३ जेठ । देशभरका ७५३ स्थानीय तहमध्ये ६० वटामा कृषक घर धुरी सूचिकृत गर्ने कार्य सम्पन्न भएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/२०८३ को आर्थिक सर्वेक्षणमा फागुन मसान्तसम्म मुलुकभरका २३ लाख ८३ हजारभन्दा बढी किसान सूचिकरण सम्पन्न भएको उल्लेख छ ।
किसानको अलग अलग पहिचान गरी कृषि अनुदानका कार्यक्रमलाई व्यवस्थित गर्न, कृषिसम्बन्धी योजना, कार्यक्रम तथा नीति निर्माण गर्न र कृषकले प्राप्त गर्ने सुविधाको दोहोरोपना न्यूनीकरण गर्न किसान सूचीकरण कार्यक्रम सञ्चालनमा रहेको छ ।



प्रतिक्रिया